बिर्तामोड । झापाको बिर्तामोडमा रहेको श्री राधा माधव भजनस्थलीले साउन ३१ गते अग्रसेन भवनमा श्रीकृष्ण जन्माष्टमी महोत्सव–२०८२ आयोजना गर्ने भएको छ।
पत्रकार सम्मेलनमार्फत कार्यक्रमका तयारीबारे जानकारी दिँदै आयोजकले हरे कृष्ण अभियानमार्फत भागवत गीता र सनातन धर्मको प्रचार–प्रसार गर्ने उद्देश्य रहेको बताए।
विहान ७ः३० बजेदेखि मध्यरातसम्म आरती, गुरु पूजा, कृष्ण कथा, भजन–कीर्तन, सांस्कृतिक प्रस्तुति, महाभिषेक, ५६ भोग अर्पण र मध्यरातमा महाआरती हुने छ। सोही दिन निःशुल्क महाप्रसाद वितरण गरिनेछ भने झापा, भारतको सिलिगुढी र बिहारबाट समेत दशौं हजार भक्तजनको सहभागिता रहने अनुमान छ।
साँझ ७ः३० बजे भजन गायक राजु अधिकारी र रोशन अधिकारीको टोलीले प्रस्तुति दिनेछ भने वालाजी मन्दिरको श्रीकृष्ण रथ यात्रामा समेत सहभागीता जनाइने जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1













