झापा । शिक्षा विधेयकमा निजी विद्यालयका माग सम्बोधन नभएको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र एनप्याब्सनले साउन २९ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन्।

प्याब्सनले २९ गतेदेखि ७ भदौसम्म ज्ञापनपत्र बुझाउने, अन्तरक्रिया गर्ने र आन्दोलन तयारी बैठक गर्ने कार्यक्रम तय गरेको छ। पहिलो चरणमा माग नसुनिए दोस्रो चरणमा कठोर आन्दोलन गर्ने चेतावनी दिइएको छ।
विधेयकमा गैरनाफामूलक बनाउने, १५ प्रतिशत पूर्ण छात्रवृत्ति, अनिवार्य किताब–पोशाक–यातायात–होस्टल व्यवस्था जस्ता प्रावधान कार्यान्वयन अयोग्य भएको प्याब्सनको ठहर छ।
प्याब्सन झापाले आन्दोलनलाई समर्थन गर्दै अध्यक्ष छत्रबहादुर कार्की, वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक र सचिव लक्ष्मीप्रसाद उप्रेतीलाई फोकल पर्सन तोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












