झापा । शिवसताक्षी नगरपालिका–११ का चन्द्रबहादुर सार्कीको १० वर्षीय छोरी, आयिसा सार्की, जीवन र मृत्युको साँघुरो बाटोमा छटपटाइरहेकी छिन्। विगत तीन वर्षदेखि दुवै मृगौलामा समस्या देखापरेपछि उनको परिवारले जसोतसो उपचारको दौडधुप गरिरहेको थियो। तर, अब परिवारको हात खाली छ—सपना र आशा मात्र बाँकी छ ।

आयिसाको दमक हुँदै, नोबेल अस्पतालमा समेत उपचार गरिएको थियो भने,अहिले दमकस्थित बाल अस्पतालको बेडमा उपचाररत छिन्। चिकित्सकले उनको दुवै मृगौला फेल भएको बताउँदै तत्कालै मृगौला सफा गर्ने प्रक्रिया थाल्नुपर्ने निष्कर्ष सुनाएका छन्। यो उपचार महँगो मात्र होइन, लामो समयसम्म निरन्तर अस्पतालमै राख्नुपर्ने अवस्था छ।

विपन्न परिवारका चन्द्रबहादुरसँग अब त्यो खर्च धान्ने सामर्थ्य छैन।  “लामो समय अस्पताल राख्नु पर्छ, महँगो सुई लगाउनु पर्छ, तर पैसा छैन,” आँखा राते पार्दै बुबा चन्द्रबहादुरले भने, छोरीलाई बचाउन सक्ने जो कोहीसँग पनि म हात फैलाउँदैछु।”

विगतमा घरजग्गा बेचेर, ऋणधन गरेर उपचार अघि बढाएका चन्द्रबहादुरसँग अब केही पनि बाँकी छैन। तर, छोरीको नानी–मुस्कान र आँखाबाट झरेको आसुले उनलाई अझै हार मान्न दिएका छैनन्।

आयिसाको जीवन बचाउन अब समुदायको हात, हृदय र सहयोगको आवश्यकता छ। यो सानो बालिकाको भविष्य अन्धकारमा हराउन नदिन, सहयोगको सानो किरण पनि उसकै जीवनमा उज्यालो बन्न सक्छ। विरामी बालिकाको हजुरआमा Phul Maya Sarki को NMB बैंकको 0570253500500013 खाता नम्बरमा आफुले सकेको सहयोग गरिदिन हुन परिवारले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
5
+1
0
+1
0
+1
0