हल्दिवारी । नेकपा एमाले हल्दीबारी गाउँपालिका कमिटी झापाले पार्टी सदस्यहरुको घरदैलो अभियान सञ्चालन गरेर सुझाव संकलन गर्ने निर्णय गरिएको हो ।
पार्टीको बिधान महाधिवेशन केन्द्रित लिखित सुझाब संकलन गर्न अभियान सञ्चालन गर्न लागेको हो । शनिवार पालिका कमिटीको कार्यालयमा सम्पन्न बैठकले ८ बुँदे प्रश्नावली तयार गरि अभियानको सुरुवात गरेको छ ।
बैठकका प्रमुख अतिथी पार्टीका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज रोमनाथ ओलीले उमेर हैन क्रियाशिलताका आधारमा नेतृत्व निर्माण गर्नुपर्ने निष्कर्षमा पार्टी पुगेको बताउनुभयो । पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारी राजनीतिक नैतिकताका हिसाबले राजनीतिमा क्रियाशील हुन नहुने र सम्मानित भुमिका रहनुपर्ने पार्टीले निर्णय गरेको बताउनुभयो । पार्टी नेतृत्व व्यक्तिको ईच्छामा हैन आन्दोलनको आवश्यकताका आधारमा कार्यकर्ताले चयन गर्ने बिषय भएको उहाँको भनाई थियो ।
बैठकले आगामी भाद्र २७ र २८ गते प्रशिक्षण सञ्चालन गर्ने, अनेमसंघको व्यवस्थापनमा ५ वटै वडामा तिज विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । साथै बैठकले पालिका सभादलका नेता बिष्णुप्रसाद ओली, पूर्व जनप्रतिनिधि केदार उप्रेती र भिमनारायण ढकाललाई कमिटीको सचिवालय सदस्यमा मनोनित गरेको छ ।
पालिकाका कमिटी अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी केन्द्रीय सदस्य तथा झापा ईञ्चार्ज रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पार्टी प्रदेश कमिटी सचिवालय सदस्य तथा पालिका ईञ्चार्च सोमनाथ पोर्तेल, सन्तलाल मेचे, मोहनचन्द्र रेग्मी लगायत नेताहरुको सहभागीता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0