झापा । झापाको गौरादह नगरपालिका–५ आठ नम्बर बाँध क्षेत्रमा औषधिजन्य लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

मंगलबार राति करिब ९:३० बजे प्रहरी चौकी महारानीझोडाबाट खटिएको गस्ती टोलीले बाटोमा शंकास्पद अवस्थामा हिँडिरहेका दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा गौरादह–५ का २१ वर्षीय समीर सिवा र २५ वर्षीय शंकर सन्थाल रहेका छन्। उनीहरूको साथबाट प्रोमेथाजाइन हाइड्रोक्लोराइड २०० ट्याब्लेट र ट्रामाडोल हाइड्रोक्लोराइड २०० क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ।

दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0