झापा । ग्यास लिक भई आगलागीमा परी गम्भीर घाइते भएकी झापा कनकाई नगरपालिका–३ सुरुङ्गाकी ८२ वर्षीया बाटुलीमाया दाहालको बिहीबार बिहान निधन भएको छ ।
गत साउन २२ गते बिहान साढे ६ बजे दाहाल डेरामा बस्ने घरमा ग्यास लिक भएर लागेको आगोमा परि गम्भीर घाइते भएकी थिइन् । उपचारका क्रममा कनकाई नगर अस्पताल, प्रादेशिक अस्पताल भद्रपुर, विएण्डसी अस्पताल बिर्तामोड हुँदै काठमाडौंका विभिन्न अस्पतालमा भर्ना गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई पुनः बिर्तामोडस्थित छोराको घरमा ल्याइएको थियो ।
टाउकोसहित शरीरको विभिन्न भागमा गम्भीर चोट लागेकी दाहालको बिहीबार बिहान १० बजे निधन भएको हो । उनका दुई छोरा र दुई छोरी भए पनि उनी सुरुङ्गा बजारस्थित ध्रुव श्रेष्ठको घरमा डेरामा एक्लै बस्दै आएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1













