काठमाडौं । भारतीय राजदूतावास अगाडि नेकपा एमाले निकट अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।

बिहीबार साँझ अनेरास्ववियुले प्रदर्शन गर्दै मसाल जुलुस समेत निकालेको हो ।

भारत र चीनले नेपाली भूमि लिपुलेकमा व्यापारिक नाका खोल्न गरेको सहमतिको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् ।

त्यस्तै भारत र चीनले नेपाली भूमि लिपुलेकमा व्यापारिक नाका खोल्न गरेको सहमतिको विरोधमा आज युवाहरूले माइतीघरमा प्रदर्शन गरेका छन्।

त्यसक्रममा मोदी र सि चिनफिङको पुत्लामा जुत्ता हान्ने ८ जना पक्राउ परेका छन्।

स्वतन्त्र युवा समूहको नाममा प्रदर्शन भएक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0