शिवसताक्षी । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) शिवसताक्षी नगर कमिटीको नगर भेला तथा हरितालिका तिज विशेष कार्यक्रम २०८२ सम्पन्न गरेको छ ।
महिला दिदीबहिनीहरुको विषेश पर्व तीजमा दर खुवाएर अखिल नेपाल महिला संघ (क्रान्तिकारी) शिवसताक्षी नगर कमिटी समेत गठन गरिएको छ । नगर भेलाले रिता लामा थापाको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन भएको नगर अध्यक्ष दुर्गा नेम्वाङ्गले जानकारी दिए ।
कार्यक्रममा, प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा पुर्व कृषिमन्त्री झलकसिं दर्लामी, विशिष्ट अतिथि १ नम्बर प्रदेश कमिटीका सचिवालय सदस्य कल्पना कार्की, प्रदेश कमिटी सदस्य तथा अनेम संघ क्रान्तिकारीका प्रदेश कमिटि सचिव भुमिका कोईरालालगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा नगर ईन्चार्ज एनपि लामिछाने, जिल्ला कमिटी सदस्य रामजी कार्की, पुर्व नगर उपाध्यक्ष गणेश बजगाई, जिल्ला सदस्य अम्बिका आचार्य लगायतको उपस्थिति रहेको थियो ।
अनेम संघ क्रान्तिकारी जिल्ला उपाध्यक्ष कचालि ताजपुरियाको स्वागत रहेको कार्यक्रमको सञ्चालन सह सचिव देविका खनाले (वर्षा)ले गरेकी थिइन् । कार्यक्रममा सय बढीको उपस्थिति रहेको थियो ।













