शिवसताक्षी । झापा शिवसताक्षी न.पा ७ व्याङ्गडाँडा, स्थित श्री भगवती माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः चन्द्रहाङ्ग लिङ्देन सर्वसम्मत चयन भएको छन् । लिङदेन दोस्रो कार्यालकाका लागि चयन भएका हुन् ।

सदस्यहरुमा किरण लिङदेन, बेलवती राजवंशी, पवित्रा उप्रेती, सुष्मा घिमिरे र प्रेमलाल रिजाल चयन भएको श्री भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश दाहालले जानकारी दिए ।

पदेन सदस्य वडाध्यक्ष भवानी विक्रम चेम्जोङ र सदस्य सचिव रमेश कुमार दाहाल रहेका छन् । समिति शिक्षक प्रतिनिधि चयन गर्न बाँकी रहेको विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
5
+1
0
+1
0