शिवसताक्षी । पुर्वको प्रशिद्ध दोमुखा धार्मिक तथा पर्यकटीय व्यवस्थापन संस्थाको अध्यक्षमा मोहनबहादुुर कार्की निर्वाचित भएका छन् । उनले ४८७ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनी अध्यक्ष पदका दुई उम्मेद्वार मनबहादुर मगर र किरण ओलीलाई हराउँदै तीन वर्षे कार्याकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । मगरले ४२६ मत प्राप्त गरेका छन् भने, आलीले १४६मत प्राप्त गरेका छन् ।

निर्वाचनमा कार्की लोकतान्त्रिक समूहबाट रहेका थिए भने, मगर प्रगतिशिल समूहबाट आफ्नो उम्मेद्वारी दिएका थिए । ओलीले स्वतन्त्र रुपमा आफुलाई उभ्याएका थिए ।

त्यस्तैगरी प्रथम उपाध्यक्ष पदमा ६६८ मत प्राप्त गरी प्रेम जवेगु विजयी भएका छन् । सोही पदका उम्मेद्वार ठाकुरप्रसाद ढकालले ३५९ मत प्राप्त गरेका थिए ।

संस्थाको द्वितीय उपाध्यक्षमा ५२१ मत प्राप्त गर्दै इन्द्र न्यौपाने विजयी भएका छन् भने, सोही पदका उम्मेद्वार कृष्ण बस्नेतले ४६२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सचिवमा तेजबहादुर भट्टराई विजयी भएका छन् । भट्टराई ५१९ मत प्राप्त गरी विजयी भएका हुन् भने, पदका उम्मेद्वार धनकुमार ढकालले ५०३ मत प्राप्त गरेका छन् ।

सह सचिवमा ५७२ मत प्राप्त गर्दै अग्नीप्रसाद राई विजयी भएका निर्वाचन समितिले जनाएको छ । सोही पदका उम्मेद्वार देवीबहादुर चेम्जोङ्ग ४२८ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा चुनमाया दाहाल (आशा)ले ५३२ मत प्राप्त गर्दै विजयी भएकी छिन् । सोही पदकी रेनुका फुयलले ४८१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

खुल्ला सदस्य पदमा कृष्णचन्द्र सेलिङ्ग ४७३, पे्रमप्रसाद फुयल ४३८, महेन्द्र जोगी (गोपाल)  ४३६, रेवतप्रसाद संग्रौला ४८२, सूयप्रसाद निरौला ४९२ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यस्तै महिला सदस्यहरुमा मनकुमारी लावती, ४९९, राममाया साम्सुहाङ्ग (हिना) ५१९, सविना लिम्बु (खेवा) ४७७ र सीता खत्री ४६९ मत प्राप्त गरी विजयी भएका निर्वाचन समितिले जनाएको छ । निर्वाचन हिजो शनिबार दोमुखामा सम्पन्न गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0