झापा ।झापाको शिवसताक्षी नगरपालिका–९ किरातचोकका ५० वर्षीय अनिल लिम्बूको खाटबाट लडेर मृत्यु भएको छ।

गएराति करिब ९:३० बजे आफ्नै घरमा सुतिरहेका लिम्बू अचानक खाटबाट लडेर बेहोस भएका थिए। उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका हुन्।

लिम्बूलाई विगत ३–४ दिनदेखि ज्वरो आएको र पहिलेदेखि नै सुगर तथा प्रेसरका बिरामी भएकाले औषधि सेवन गर्दै आएको परिवारजनले बताएका छन्।

मृत्यु शंकास्पद नभएको निष्कर्षसहित स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा अन्त्येष्टिका लागि शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0