शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ६ को श्री गौरीशंकर प्राथमिक विद्यालयको अध्यक्षमा मथुराम श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

अभिभावकहरुको भेलाले श्रेष्ठलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै सदस्यहरुमा हरिदयाल राजवंशी, पार्वती ताजपुरिया, आरती ऋषिदेव, एनुवारी ताजपुरिया र शर्मिला कार्की (खड्का)लाई चयन गरेको वडाध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए ।

विद्यालयको शिक्षक प्रतिनिधिका लागि चयन गर्न बाँकी रहेको विद्यालयले जनाएको छ । वडाध्यक्ष उक्त समितिको पदेन सदस्य रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0