बिर्तामोड इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १५०० औँ जन्मोत्सवको अवसरमा झापाका चार पालिकाले भोलि (शुक्रबार) स्थानीय विदा दिएका छन्।

भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले आज सूचना जारी गर्दै धार्मिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्ने उद्देश्यले शुक्रबार कार्यालय तथा विद्यालय बन्द रहने जनाएका हुन्।

मुस्लिम समुदायको बसोबास रहेका यी पालिकामा वर्षेनि पैगम्बर मोहम्मदको जन्मोत्सवका अवसरमा स्थानीय विदा दिँदै आएको छ। यस अवसरमा मुस्लिम समुदायका श्रद्धालुहरूले विशेष प्रार्थना, धर्मोपदेश तथा सामुदायिक कार्यक्रमहरूको तयारी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0