झापा । नेपालतर्फ ब्राउनसुगर आपूर्ति गर्दै आएको आशंकामा एक भारतीय कारोबारी भारतको गलगलियामा पक्राउ परेका छन् ।
गोप्य सूचनाको आधारमा प्रहरीले एसएसबीसँगको संयुक्त अभियानमार्फत गलगलिया नगरपालिका–५ भातगाउँस्थित एक घरमा हिजो दिउँसो करिब १ः३० बजे छापा मार्दा उनी पक्राउ परेका हुन् ।
छानबिनका क्रममा घरभित्र पलङमुनि लुकाइराखिएको २१८ ग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ । साथै, प्रहरीले घटनास्थलबाट १ लाख ९० हजार १ सय भारतीय रुपैयाँ र नेपाली १० रुपैयाँ पनि फेला पारेको छ ।
पक्राउ पर्नेमा दरभंगिया टोल बस्ने ३२ वर्षीय शिव सहनी रहेको पुष्टि गरिएको छ । उनलाई एनडीपीएस एक्टअन्तर्गत मुद्दा दर्ता गरी गलगलिया प्रहरीले न्यायिक हिरासतमा पठाउने तयारी गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












