काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सामूहिक राजीनामा दिन तयारी गरेका छन्। पार्टी सभापति रवि लामिछानेले नख्खु कारागारबाटै जारी गरेको निर्देशनपछि सांसदहरू आजै राजीनामा बुझाउने प्रक्रिया अघि बढाउँदैछन्।
सभापति लामिछानेले सोमबार जारी गरेको अपिलमार्फत पार्टीका जनप्रतिनिधिहरूलाई ‘नयाँ पुस्ताले उठाएको आवाजसँग सहमति जनाउन’ र ‘जनआन्दोलनलाई थप ऊर्जा दिन’ राजीनामाको तयारी गर्न आह्वान गरेका थिए।
रास्वपाले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र अव्यवस्थाविरुद्ध जेनजी पुस्ताले सञ्चालन गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सरकारलाई ती मागहरू तत्काल सम्बोधन गर्न आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












