काठमाडौँ । मुख्यसचिव र प्रधान सेनापतिले संयमित भएर संवादबाट समस्याको निकास खोज्न सम्बद्ध पक्षलाई अपिल गरेका छन् । मुख्यसचिव एकनारायण अर्याल र प्रधान सेनापति अशोकराज सिग्देलसहित सुरक्षा प्रमुखहरूले यस्तो अपिल गरेका हुन् ।
प्रधानमन्त्रीको राजीनामा आइसकेको अवस्थामा संयमित भएर संवादबाट निकास खोज्न उनीहरूले आग्रह गरेका छन् । ‘यो विषम परिस्थितिमा थप धनजनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौँ, अपिलमा भनिएको छ ।
यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथासज्ञ छिटो शान्तिपूर्ण समाधान निकाल्न उनीहरूले आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












