पोखरा  । पोखराको नयाँबजारस्थित एक अटो सोरूममा आगलागीपछि जलेको अवस्थामा एक युवतीको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) श्यामबाबु ओलियाका अनुसार बुधबार बिहान दमकलमार्फत आगो नियन्त्रण गर्ने क्रममा शव भेटिएको हो।

उक्त अटो सोरूम गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले सञ्चालन गर्दै आएका थिए। मंगलबार दिउँसो प्रदर्शनकारीले सो सोरूममा आगजनी गरेका थिए।

भवनभित्र फेला परेको शव हालसम्म औपचारिक रूपमा पहिचान हुन सकेको छैन। तर, प्रहरीले शव सोही सोरूममा कार्यरत एक महिला कर्मचारीको हुनसक्ने अनुमान गरेको छ।

शवलाई पोस्टमर्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0