काठमाडौं । राजधानीको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा ६ वटा शव भेटिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार शव जलेर कंकाल मात्र बाँकी भएकाले पहिचान गर्न नसकिने अवस्थामा छन्। पहिचान डीएनए परीक्षणपछि मात्र हुने उनले जानकारी दिए।

२३ भदौमा जेनजी आन्दोलनका क्रममा भाटभटेनीमा आगजनी भएको थियो। सो दिन प्रहरी कारबाहीमा काठमाडौंसहित विभिन्न जिल्लामा २१ जनाको मृत्यु भएको थियो। त्यसपछिका दिनहरूमा आन्दोलन थप उग्र बन्दै गएर देशभर तोडफोड र आगजनी भएका थिए।

हालसम्म जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0