काठमाण्डौ । पहिलो महिला प्रधानमन्त्रीपछि देशले पहिलो महिला महान्यायाधिवक्ता पाएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता सबिता भण्डारीलाई महान्यायाधिक्तामा नियुक्त गरेका छन् ।

भण्डारीले पहिलो महिला महान्यायाधिवक्ताको इतिहास रचेकी छिन्। यसअघिका महान्यायाधिवक्ता रमेश बडालले आइतबार मात्र राजीनामा दिएका थिए। महान्यायाधिवक्ताले सरकारको सल्लाहकारको रुपमा काम गर्दछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0