बिर्तामोड । झापाको कनकाई नगरपालिकाले तत्काल सार्वजनिक सेवा प्रवाह गर्न नसकिने जनाएको छ । जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा क्षति पुगेका कारण सेवा प्रवाहमा समस्या भएको नगरपालिकाले जनाएको हो ।

प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले आन्दोलनका क्रममा नगरपालिकासहित मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था र पशु शाखामा आग्जनी भएका कारण तत्काल सार्वजनिक सेवा प्रवाह गर्न कठिनाइ भएको बताउनुभयो ।

अहिले क्षतिग्रस्त कार्यालयहरूको विवरण संकलन, प्रहरी मुचुल्का, कार्यालय सरसफाई, इन्टरनेट र बिजुली जडान लगायत मर्मतका कार्य भइरहेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेका अनुसार असोज ५ गतेसम्म कार्यालयबाट नियमित सेवा प्रवाह गर्न नसकिने परिस्थिति छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0