भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (ग्रेडवृद्धि) परीक्षाको नयाँ मिति सार्वजनिक गरेको छ। यसअघि भदौ २८ र २९ गतेका लागि तय भएको परीक्षा देशको असहज परिस्थितिका कारण स्थगित भएको थियो। बोर्डले मंगलबार नयाँ सूचना जारी गर्दै परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने निर्णय गरेको हो।
नयाँ तालिकाअनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (कोड: ००४१), एक विषयमा मात्रै परीक्षा दिने परीक्षार्थीका सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीको सानो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ।
त्यसैगरी, असोज ८ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ।
तर, बोर्डले अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा पूरक परीक्षा दिनेहरूको हकमा पहिलो दिन (असोज ७) अनिवार्य अङ्ग्रेजी र दोस्रो दिन (असोज ८) अनिवार्य नेपालीको परीक्षा हुने स्पष्ट पारेको छ।
परीक्षाका लागि यसअघि निर्धारण गरिएका परीक्षा केन्द्रहरू नै यथावत् रहने बोर्डले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












