शिवसताक्षी । झापा शिवसताक्षी दुधेमा रहेको श्री आदर्श बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक समिक्षा गरेको छ । इलामको श्रीअन्तुमा एक कार्यक्रम गर्दै सहकारीले लक्ष्य र प्रगतिका बारेमा छलफल गरेको हो ।
चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामा प्रगतिको ७० प्रतिशत नपुगेको सुचाङकलाई बृद्धि गर्दै लक्ष्यमा पुग्ने र आगामी आषाढ मसान्तसम्ममा लक्ष्य हासिल गर्ने सहकारीका व्यवस्थापक प्रकाश पोख्रेलले जानकारी दिए ।
श्रीअन्तुमा आयोजना गरिएको विस्तारित बैठक सहितको समीक्षामा विभिन्न विषयहरुमा छलफल गरी निर्णय पारित गरिएको आदर्श साकोसले जनाएको छ ।
त्यस्तै आदर्श साकोसले दुई जना सदस्यका परिवारलाई वीमा रकम भुक्तानी गरेको छ । सडक दुर्घटनाबाट मृत्यु भएका सदस्य जानुका बास्तोला(अधिकारी) र विष्णुमाया विष्टका परिवारलाई वीमा रकम भुक्तानी गरेको सहकारीले जनाएको छ ।
बास्तोलाको परिवारलाई ३० हजार र विष्ट परिवारलाई ५० हजार वीमा रकम प्रदान गरिएको आदर्श साकोसका व्यवस्थापक प्रकाश पोख्रेलले जानकारी दिए । उनीहरुको प्रभु ननलाइफ इन्स्युरेन्स कम्पनी मार्फत वीमा गरिएको थियो ।