काठमाडौँ । भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीपछि भागेका कैदीमध्ये अझै ८ हजार २२६ जना फरार रहेका छन्।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार देशभरका २८ कारागार र ९ बालसुधार गृहबाट १४ हजार ५५५ कैदीबन्दी निस्किएका थिए। तीमध्ये ६ हजार ३२८ जना फर्किसके पनि बाँकी अझै सम्पर्कमा आएका छैनन्।

आन्दोलनकै क्रममा प्रहरी हिरासतमा रहेका करिब २ हजार आरोपीसमेत फरार भएको नेपाल प्रहरीले जनाएको छ।

हाल देशभर ३० हजार ६३४ कैदीमध्ये २१ हजार ९९९ मात्र जेलमा रहेका छन्। यस क्रममा नख्खु कारागारबाट निस्किएका रास्वपा सभापति रवि लामिछाने पुनः जेल फर्किनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0