झापा । हल्दिवारी गाउँपालिका–२ जीवनवारीमा एक बालकले आत्महत्या गरेका छन्।

गएराति ९ बजे सशस्त्र प्रहरी वरिष्ठ हवलदार वीरेन राजवंशीका नौ वर्षीय छोरा आयुष राजवंशीले आफ्नै घरको मुलढोकामा सारीको पासो लगाएर ज्यान दिएका हुन्।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी हल्दिवारीको टोलीले घटनास्थल पुगेर सुरक्षा व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट थप टोली खटाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0