भद्रपुर । झापा जिल्लामा डजबल खेललाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित झापा जिल्ला डजबल संघको औपचारिक गठन गरिएको छ।

नवगठित कार्यसमितिको नेतृत्व अध्यक्ष हेडम्बराज निरौला  चयन भएका छन् । समितिमा उपाध्यक्ष मो. जाहिर रहमान, सचिव आरोग्य तिम्सिना र कोषाध्यक्ष सन्ध्या कुमारी डंगोल चयन भएका छन्। त्यस्तै सदस्यमा समीर पोखरेल, रेखा साफी, अस्मिता राई, सन्तोष कुमार पौडेल र मनमाया तिम्सिना रहेका छन्।

अध्यक्ष निरौलाले जिल्लामा डजबललाई लोकप्रिय बनाउन र व्यवस्थित रूपमा विकास गर्न विभिन्न तालिम, प्रतियोगिता तथा संरचना विकासका कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरे। नयाँ समितिबाट खेलाडी उत्पादन र उनीहरूको क्षमता वृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा राखिएको छ।

२०८२ जेठ ८ गते नेपाल डजबल महासंघका केन्द्रीय महासचिव अरुण तिम्सिनाको उपस्थितिमा बनेको तदर्थ समितिको कार्यकाल पूरा भएपछि यो नयाँ कार्यसमिति गठन गरिएको हो।

शनिबार आयोजित कार्यक्रममा नेपाल डजबल महासंघका केन्द्रीय प्रतिनिधि काजी बहादुर कार्की प्रमुख अतिथि तथा झापा जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख विष्णु नेम्बाङ विशिष्ट अतिथि रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0