nepal vs west indies cricket

युएईमा जारी युनिटि कपको दोस्रो खेलमा वेस्ट ईन्डिजले नेपालसँग लज्जास पद हार व्यहोरेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले आरिफ शेख र सन्दिप जोराको आकर्षक शतकीय पारिको मद्दतले २० ओभरमा ६ विकेट बनाउँदै १७३ रन बनाउन सफल भएको थियो ।

नेपालको पारिमा आरिफ शेखले सर्वाधिक नटआउट ६८ रनको पारि खेलेका थिए भने सन्दिप जोराले ६३ रनको आर्कषक पारि खेलेका थिए ।
जवाफी ब्याटिङमा आएको वेस्ट ईन्डिज ब्याटस्मेनलाई नेपाली बलरहरुको सुरुबाटै दबाबमा राख्न सफल भएका थिए ।

४ रन बनाउँदा पहिलो विकेट गुमाएको टिमले ५ रन बनाउँदा अर्को विकेट गुमाएपछि दबाबमा परेको थियो ।

वेस्ट ईन्डिजको पारिलाई ध्वस्त पार्न नेपाली बलरहरु मध्ये ३ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका आदिल रासिदले ४ ओभरमा २४ रन दिँदै ४ विकेट लिन सफल भए । यसैगरि कुशल भुर्तेल ३ , ललित राजवंशी १ , दिपेन्द्र सिंह ऐरी १ , करण केसी १ विकेट लिन सफल भए ।

यो जितसँगै नेपालले ३ म्याचको श्रंखलामा २—० को अग्रता लिँदै सिरिज आफ्नो नाममा पारेको छ । नेपालले टेस्ट मान्यता प्राप्त देशलाई पहिलो पटक सिरिजमा हराउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0