काठमाडौँ । दसैँको अवसरमा संघीय राजधानी काठमाडौँ छाड्नेको सङ्ख्या तीव्र रूपमा बढेको छ। घटस्थापनादेखि मंगलबार बिहानसम्म साढे पाँच लाखभन्दा बढीले उपत्यका छाडिसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, हालसम्म ५ लाख ५३ हजार २६१ यात्रु उपत्यका बाहिरिइसकेका छन् । यात्रुको यो चाप व्यवस्थापन गर्न सवारी नाका, पार्किङ स्थल र मुख्य सडकहरूमा थप ट्राफिक प्रहरी खटाइएको छ ।

कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी का अनुसार, यात्रुको सहजता र सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोलीसमेत सक्रिय गरिएको छ।

यता, राजधानी भित्रिनेको सङ्ख्या पनि उल्लेख्य छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार, दसैँको अवधिमा हालसम्म ७२ हजार ४१ सवारी साधनमार्फत २ लाख ८५ हजार ३०८ जना काठमाडौँ उपत्यकामा भित्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0