काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) काठमाडौंसहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ। शुक्रबार साँझबाट निरन्तर वर्षा भइरहेकोले डुबान र बाढीको जोखिम भएका २० जिल्ला पहिचान गरी रेड अलर्ट जारी गरेको हो ।

साथै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लामा पनि आज बाढीको उच्च जोखिम देखिएको बाढी महाशाखाले जनाएको छ।

यसैगरी आज कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना देखिएको जानकारी बाढी महाशाखाले दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0