झापा । जेनजी समुहलाई सरकारी र निजी सम्पत्तीमा आगजानी तोडफोड ध्वंश मच्चाउन उक्साउने भूमिका खेलेको आरोप लागेका काठमाण्डौंका मेयर बालेन्द्र शाह र सुदन गुरुङ्गलाई कानुनको दायरामा ल्याउन लगायतका माग सहितको ज्ञापन पत्र झापाको प्रमुख जिल्ला अधिकारीलाई एमालेको जनसंगठन समन्वय संयन्त्र झापाले बुझाएको छ ।
नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रले असोज २७गते झापाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी मार्फत नेपाल सरकारलाई काठमाण्डौंका मेयर शाह,हामी नेपाली संस्थाका हर्ताकर्ता गुरुङ्ग र गौरी कार्की आयोग खारेज लगायतका ११बुद्धे माग सहितको ज्ञापन पत्र बुझाएको हो ।
एमाले जिल्ला कमिटी झापाको सहजीकरणमा जनसंगठन समयन्त्र झापाले गत भदौं २३ र २४ गते भएको जेनजी समुहको आन्दोलनमा कसरी गोली चल्यो त्यस घटनाको सत्यतथ्य छानविन गरी यर्थात कुरा बाहिर ल्याउन पनि लगायतका माग सहितको ज्ञापन पत्र झापाको प्रमुख जिल्ला अधिकारी अधिकारी मार्फत नेपाल सरकारलाई बुझाएको संयन्त्र प्रमुख तथा एमाले झापा उपसचिव अनिता कन्दङ्वाले बताउनु भयो ।
एमाले पार्टीको जनसंगठनका अध्यक्ष,पदाधिकारी,प्रतिनिधि,एमाले केन्द्रीय नेता सदस्य तथा झापा इन्चार्ज रोम नाथ ओली,पार्टीका झापा अध्यक्ष प्रेम गिरी लगायतका नेता, कार्यकर्ता र सर्वसाधारण चन्द्रगढी स्थित विधुत प्राधिकरण अगाडी भेला भएर विरोध रयाली गर्दै जिल्ला प्रशासन कार्यालय झापा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको एमाले केन्द्रीय सदस्य तथा झापा इन्चार्ज ओलीले बताउनु भयो ।
गत भदौं २४ गते सिहदरवार,संसद भवन,राष्ट्रपति,सर्वीच्च अदालत,अख्तियार ,जेल प्रहरी कार्यालय लगायत सरकारी कार्यालय,निजी सम्पत्ति,ब्यापारिक केन्द्र, विभिन्न आस्थाका ब्यक्तित्वको शालिक तोडफोड र आगजानी गर्ने गिरोहलाई कानुनको दायरामा ल्याउन २३ वटा जनसंगठनहरुले माग गरेका छन् ।
भदौं २४ गतेको आन्दोलनमा घुसपैठ गरी अराजक समुहले राज्यका विभिन्न स्थानमा रहेका कैदी गृहवाट कैदी भगाउने, शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मीको हातहतियार र गोलाबारुद खास्ने,लुटने फरार कैदीबन्दीहरुलाई तत्काल नियन्त्रणमा लिनु पर्ने । भुमिहिन,सुकुम्वासी,अब्यस्थित बसोबासी र भूमिहिन दलित समुदायलाई एक पटक जग्गा प्रदान गर्ने काम गरी रहेको भूमि आयोग विगठन सुशिला कार्की नेतृत्वको सरकारले गरेको हुदा तत्काल सो आयोगलाई पुनस्थापना गर्न जोडदार माग गरिएको जनसंगठन प्रमुख कन्दङ्वाले बताउनु भयो ।
हामी नेपालका सुदन गुरु∙ जस्ता ब्यक्ति सरकारी सयन्त्रको अत्यन्त सवेदशील बैठकमा सहभागी हुने गरेको हुँदा तेस्ता कार्य तत्काल रोक्न जोडदार माग गरेको छ । विदेशी हस्तक्षेप बन्द गर्नु पर्ने यही असोज १८ र १९ गते मुलुक भर आएको बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएकोले उचित राहत र क्षतिपूर्तिको ब्यवस्थापनसंगै सुरक्षित स्थानमा पुर्नस्थापना गर्न सरकार समक्ष जोडदार माग गरेको २३ वटै संगठनका अध्यक्षहरुले हस्ताक्षर गरेको ज्ञापन पत्रमा उल्लेख छ ।
शुरुमा विरोध सभालाई एमाले युवा नेता मनोज ताम्लीले सम्वोधन गर्दै जेनजीको आन्दोलनमा घुसपेठका कारण गोली हानी गरिएको हत्याको सत्यतथ्य छानविन गरि यर्थात कुरा सार्वजानिक गर्न माग गर्नु भयो ।













