काठमाडौं । भारतको हैदराबादबाट बैंगलुरु जाँदै गरेको यात्रुवाहक बसमा आगो लाग्दा कम्तिमा १० जनाको मृत्यु भएको छ  ।

बेंगलुरु जाँदै गरेको बसमा कर्नुल जिल्लाको निचन्ना टेकरू गाउँ नजिकै शुक्रबार बिहान आगो लागेको थियो । सो घटनामा १० जनाको मृत्यु पुष्टि भएको र केही यात्री गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आगोले बस पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ । सो बसमा ४२ यात्री सवार थिए ।

समाचारअनुसार दुर्घटनामा परेर घाइते भएका यात्रुको अवस्था गम्भीर भएका कारण मृतकको संख्या बढ्ने सक्ने आशंका गरिएको छ  ।

एउटा मोटरसाइकल बससँग ठोक्किएपछि आगो लागेको समाचार छ । तर, स्थानीय प्रशासनले दुर्घटनाको कारण भने आधिकारिक रूपमा पुष्टि गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0