झापा । झापाको शिवसताक्षी नगरपालिका–७ लालपानीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ ।
हिजो दिउँसो करिब ३ बजेतिर मनकुमार तामाङका पाँच वर्षीय छोरा सक्षम तामाङ घर नजिकैको बाँस झ्याङमा खेलिरहेका बेला विषालु गोमन सर्पले खुट्टामा टोकेको प्रहरी स्रोतले जनाएको छ ।
सर्पदंशपछि अचेत भएका बालकलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको थियो । उनी खेलेको स्थान नजिकै गोमन सर्प फेला परेपछि सर्पदंशको शंका पुष्टि भएको प्रहरीले बताएको छ ।
साँझ करिब ५ बजेतिर थप उपचारका लागि नेपाली सेनाको सर्पदंश उपचार केन्द्र चारआलीतर्फ लाने क्रममा बाटोमै मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । पछि बीएण्डसी अस्पताल बिर्तामोडमा पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1













