काठमाडौं । ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ ।

खोटाङ हलेसी तुवाचुङ–९ की ३४ वर्षीया मिनाश्री राईको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएपछि उनका आफन्तले चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शन तीव्र बन्दा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरी भिडलाई नियन्त्रणमा लिएको छ । आक्रोशित भीडले अस्पतालमा ढुंगामुढा समेत गरेको थियो ।

मृतकका आफन्तले ‘किष्ट अस्पताल बन्द गर’, ‘दोषीलाई कारबाही गर’ र ‘मिनाश्री राईलाई न्याय दे’ भन्ने प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

मृतकका दाजु देवेन्द्र राईका अनुसार इन्टर्न चिकित्सकको लापरबाहीका कारण ब्लिडिङ बढेर मिनाश्रीको मृत्यु भएको हो । उनले घटनामा संलग्न चिकित्सक र अस्पताल प्रशासनमाथि कारबाहीको माग गरेका छन् ।

अस्पताल प्रशासनले घटनाबारे मृतकका आफन्तसँग वार्ता भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0