शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–९ बैसबारीस्थित माई खोलामा एक पुरुषको शव फेला परेको छ।

सोमबार साँझ करिब पौने ५ बजे स्थानीय बासिन्दाले खोलाको बीच भागमा शव देखेपछि इलाका प्रहरी कार्यालय झिलझिलेलाई जानकारी गराएका थिए। सूचना प्राप्तलगत्तै प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले शव उद्धार गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।

मृतक स्थानीय ५५ वर्षीय प्रेमबहादुर लिवाङ रहेको शिवसताक्षी नगरपालिका–१० का वडाध्यक्ष हर्क सिगुले जानकारी दिए। उनका अनुसार शव फेला परेको स्थान पूर्व–पश्चिम राजमार्गबाट करिब दुई किलोमिटर दक्षिणतर्फ पर्छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0