मनाङ । मनाङमा परेको असामान्य हिमपातका कारण अलपत्र परेका करिब १५ सय नागरिकलाई नेपाली सेनाले सुरक्षित रूपमा उद्धार गरेको छ ।
मनाङका तिलिचो, खाङ्गसार, पिसाङ, अप्पर मनाङ र हुम्दे क्षेत्रका बासिन्दा तथा पर्यटकहरू गहिरो हिमपातमा फसेका थिए । सेनाका अनुसार उद्धार गरिएकामध्ये करिब २ सय जना विदेशी पर्यटक पनि छन् ।
उद्धार कार्य मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको टोलीले सञ्चालन गरेको थियो । सेनासँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहकार्यमा फसेकाहरूलाई सुरक्षित स्थानमा पुर्याइएको सैनिक मुख्यालयले जनाएको छ ।
सैनिक मुख्यालयका अनुसार मौसममा सुधार नहुँदासम्म उद्धार र राहत कार्य निरन्तर जारी रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1













