शिवसताक्षी। झापाको मेचीनगर – १३ स्थित हातेमालो सामुदायिक वन भित्र आज बिहान ११ बजे कार आगजनी गरिएको अवस्थामा फेला परेको छ ।
उक्त कार कार्तिक ९ गतेबाट सम्पर्क विहीन भएका शिवसताक्षी १० माइधारको ३३ वर्षीय शर्माको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। शर्माले कारमा आगजनी गरेर भागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
शर्मामा गएको कार्तिक ९ गते दिउँसो २ बजे माइधार अवस्थित आफ्नै घरबाट गाडी धुने भन्दै घरबाट निस्केका थिए । नजिककैको ग्यारेजमा गाडी धोए पछि पछि उनी सम्पर्क विहीन भएको उनकी आमा गीता शर्मालाई बताइन् ।
शर्मा सम्पर्क विहीन भएपछि बेलुकी पाँच बजे बुधबारे बजारको सीसी क्यामेरामा गाडी देखिएको र सोही दिन बेलुकी ११ बजे सुरुङ्गा बजारबाट केही माझी चुडालको घर छेउमा मोबाइल ट्रेसका क्रममा देखिएको छिमेकी राजुकुमार यादव (मोदी)ले जानकारी दिए । त्यस पछि भने कही कतै पनि नदेखिएको उनले बताए ।
शर्माले सेन्लटस कम्पनीको बा १ – ०३०– च ७१९४ नम्बरको गाडी व्यक्तिगत प्रयोजनका लागि लिएका थिए । लामो समयदेखि काठमाण्डौमा बस्दै आएका शर्माको गएको फागुन महिनामा भद्रपुरकी स्वेता ढुंगानासँग विवाह भएको परिवारले जनाएको छ । दशैमा घर आएपछि छोरा छठ मानेर काठमाण्डौ फर्कने तयारीमा रहेको आमा गीता शर्माको भनाई छ। शर्मा काठमाण्डौमा आइटी कम्पनीमा कार्यरत रहेको बताइएको छ ।













