शनिश्चरे । झापाको अर्जुनधारा–१० कालिझोडामा गएराति आगलागी हुँदा करिब नौ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। राति ११ः४५ बजे मछिन्द्र पौडेलको जस्ता र काठले बनेको दुई तले ग्वाली घरमा अचानक आगो लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आगलागीबाट ग्वाली घरसँगै भित्र रहेका चामल ५० बोरा (१५ क्विन्टल), चोकर १० बोरा (५ क्विन्टल), खुदी १० बोरा (५ क्विन्टल), धान २० मन (८ क्विन्टल), मुडा बुन्ने धागो तथा डोरी ४० बोरा जलेर नष्ट भएका छन्। साथै ५ कठ्ठा क्षेत्रफलमा राखिएको परालसमेत जलेपछि कुल क्षति अन्दाजी ८ लाख ८७ हजार रुपैयाँ पुगेको प्रहरीले जानकारी दिएको छ।

आगो लाग्नको कारण खुलेको छैन। आगलागीपछि नेपाल प्रहरी, स्थानीयबासी, बिर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकाका दमकलहरूको सहयोगमा राति १ः१० बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले आगलागीसम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0