काठमाडौं । सुडानको कालोकी शहरमा रहेको एक मन्टेश्वरी स्कुललाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिका सहित कम्तिमा ५० जनाको मृत्यु भएको छ।

सुडानको डाक्टर्स नेटवर्क र सेनाले बिहीबारको आक्रमणको लागि अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेस ९आरएसएफ० लाई दोष लगाएका छन्। आरएसएफबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

यसको विपरीत, अर्धसैनिक समूहले सेनालाई शुक्रबार डार्फर क्षेत्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ, जसमा चाडसँगको आद्रे सीमा क्रसमा रहेको बजार र इन्धन डिपोलाई लक्षित गरिएको थियो।

सुडान अप्रिल २०२३ देखि गृहयुद्धको चपेटामा परेको छ। आरएसएफ र सेनाबीच शक्ति संघर्ष चलिरहेको छ। यी दुई पहिले सहयोगी थिए तर अहिले एकअर्का विरुद्ध लडिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
15
+1
0
+1
2
+1
2