काठमाडौं । पोखरामा शनिबार भ्रमण वर्ष उद्घाटन गर्दा बेलुन पड्केर उपप्रधानमन्त्री एवम अर्थ मन्त्री विष्णु पौडेल घाइते भएका छन् । घाइते अर्थमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
गण्डकी मेडिकल कलेजमा प्राथमिक उपचारपछि उनलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । पौडेलको घाँटी र गालामा आगोले पोलेको छ ।
शनिबार पोखरा महानगरले सुरु गर्न लागेको भ्रमण वर्षको उद्घाटन सत्रमा बेलुन उडाउन खोज्दा आगोको झिल्का उठेको थियो ।
सोही आगोको लप्काबाट अर्थमन्त्री पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












