काठमाडौं । सोलुखुम्बुको लुबुचेमा अल्टिच्युट एयरको हेलिकप्टर आज बिहान दुर्घटनामा परेको छ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेका अनुसार हेलिकप्टर ल्यान्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हो।

दुर्घटनाका बेला हेलिकप्टरमा यात्रु न रहेकाले मानवीय क्षति नभएको बताइएको छ। पाइलटको सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन्।

जानकारी अनुसार उक्त हेलिकप्टर काठमाडौंबाट उद्धार कार्यका लागि गएको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0