शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ३ मा वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

वडा खेलकुद विकास समितिको आयोजनामा यही २०८३ जेष्ठ २ गतेदेखि ४ गतेसम्म भलिबल प्रतियोगिता हुने भएको हो । फुटलब सरह भलिबल खेलको विकाश गर्न, नव युवाहरुलाई लागुऔषध दुव्यसर्नीबाट डाटा राख्न भलिबल प्रतियोगिताको आयोजना गरिएको वडाध्यक्ष भास्कर न्यौपानेले बताउनु भयो । वडा नं. ३ लाई भविष्यमा भलिबल खेलको हव बनाउने उदेश्य राखेर भलिबल खेललाई प्राथमिकतामा राखेर खेल खेलाउन लागिएको वडाध्यक्ष न्यौपानेको भनाई छ ।

प्रतियोगिताको विजेता टिमले नगद २५ हजार र उपविजेता टिमले १५ हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने वडा सदस्य तथा खेल संयोजक लासाङ्ग तामाङ्गले जानकारी दिनुभयो । खेलमा नगरका ११ वटै वडाका टिमले सहभागिता जनाउने छन् । खेल पाराबारी बजारमा विहान १० बजेबाट सञ्चालन हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0