शिवसताक्षी । श्री सतासी महिला मौरी पालन सहकारी संस्थाले सञ्चालन गरेको सात दिवशीय उद्घोषण तालिमको आज समापन गरेको छ । राष्ट्रिय मह दिवसका अवसरमा श्री सतासी महिला मौरी पालन सहकारी संस्थाले चैत्र ७ गतेबाट सुरु गरेको उद्घोषण तालिमको आज समापन गरेको हो ।

तालिमको समापनमा कार्यक्रमकी प्रमुख अतिथि जिल्ला समन्वय समितिकी सदस्य जुनु मोहोराले तालिममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरेकी थिइन् ।

वि.सं. २०५६ सालमा नेपालका २४२ मौरी किसान संगठित मौरी पालन नेपालमा संगठन विस्तार गरी राष्ट्रिय मह दिवसको सुरुवात गरेको संस्थाकी व्यवस्थापक देवीकुमारी ओलीले बताइन् । उनले लामो समय मौरी पालन किसानको रुपमा काम गरेको अनुभाव सुनाउँदै महबाट हुने फाइदाहरुको बारेमा जानकारी गराएकी थिइन् । महले थेरापी, फेशियल र पोषण, र स्वास्थ्य सुधार गर्ने कार्य रहेको हुदा शुद्ध मह स्रोत अनुसार रंग फरक पर्ने र स्रोत अनुसार स्वास्थ्यमा काम गर्ने भएको हुँदा यसको महत्व धेरै बताएकी थिइन् ।

तालिमकी प्रशिक्षक विराट एफ.एम. की प्रमुख लीला अनमोलले महिलाहरुले पुरुष जतिकै काम गर्न सक्ने बताइन् । उनले आफुले नजानेको कुराहरुलाई सिकेर भए पनि हरेक काममा अघि बढ्दै जानु पर्ने तालिममा सहभागीहरुलाई सुझाएकी थिइन् ।

तालिमको समापनपको अवसर पारेर संस्थामा २०७० सालदेखि बजार प्रतिनिधिको रुपमा कार्यरत सम्झना चौधरीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गोपाल गौरी दिगो बिकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतम, संस्थाका लेखा संयोजक फुलकुमारी चौधरीले शुभकामना मन्तव्य राखेकी थिइन् ।

तालिमका सहभागीको तर्फबाट कमला कुमारी लिम्बू, मुना दाहाल तिम्सिना र दया फुयल तालिममा  सिकाई अनुभवहरु सुनाएका थिए ।

तालिमकी प्रशिक्षक अनमोलले तालिममा महिला दिदीबहिनीहरुको सक्रियता र प्रगति देखेर ४ हजार रकम संस्थालाई प्रदान गरेकी थिइन् ।

संस्थाकी अध्यक्ष रणमाया लिम्बुको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन संस्थाकी स–व्यवस्थापक दुर्गा विष्टले गरेकी थिइन् । । तालिममा २१ जना महिला दिदीबहिनीहरुको सहभागिता रहेको थियो । तालिम शिवसताक्षीको दूधे स्थित भूपू सैनिक संघ नेपालको सभाहलमा सञ्चालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0