काठमाडौं । भारतको गोखरपुरस्थित गुलरिहा प्रहरी चौकी क्षेत्रको नारायणपुर टोला हिरागंजमा बिहीबार बिहान सतीश नामका युवकले शंकाको भरमा आफ्नी पत्नी सरोजको हत्या गरेका छन् र दाइ आतिशमाथि घातक हमला गरेका छन्।

प्रहरीका अनुसार, आरोपी सतीशले दाइ आतिशलाई भित्री वस्त्रमा देखेपछि पत्नी र दाइबीच सम्बन्ध रहेको शंका गरेका थिए। सोही शंकाको आधारमा उनले बुधबार राति श्रीमतीको घाँटी थिचेर हत्या गरेका र शवको छेउमै रातभर सुतेका थिए। बिहान उनी हथौडा लिएर दाइ आतिशको कोठामा पुगेका र बारम्बार प्रहार गरेका थिए। घाइते आतिशको अवस्था हाल खतरामुक्त रहेको छ।

सरोजका बुबा रामनयनले दाइजोका कारण पनि तनाव रहेको र थप पाँच लाख रुपैयाँ माग भइरहेको उजुरी दिएका छन्। प्रहरीद्वारा आरोपी सतीशसहित उनका परिवारका छ जना विरुद्ध दाइजो हत्या सम्बन्धी मुद्दा दर्ता गरिएको छ।

घटनास्थलबाट हत्यामा प्रयोग गरिएको हथौडा बरामद भएको छ। एसपी सिटी अभिनव त्यागीका अनुसार पोस्टमार्टम र फोरेन्सिक रिपोर्टसहित थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0