शिवसताक्षी । शिवसताक्षी नगरपालिका कार्यालय अगाडी जेनजीले आन्दोलन गरेका छन् । नगरपालिका कार्यालयबाट विभिन्न प्रधानमन्त्री, राष्ट्रपतिको फोटोहरु बाहिर ल्याएर जलाएका छन् ।

आन्दोलनकारीले सरकारको विरुद्ध नाराबाजी गरेका छन् । शिवसताक्षी नगरपालिकाले आज शोक विदा गरेको छ । नगरपालिकामा प्रहरी तैनाथ रहेका छन् ।

यता शिवसताक्षीको दूधे, झिलझिले, माइधार, शिवगञ्ज बजारहरुमा आन्दोलन भएको छ । दूधे, झिलझिलेका पुर्व पश्चिम राजमार्गमा टायर बालेर आन्दोलनकारीले प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












