“मुखमा मास्क लगाएका व्यक्तिहरुद्वारा सार्वजनिक सम्पत्तिमा आगजनी”

झापा । जेनजी आन्दोलन तीव्र बन्दै जाँदा झापामा ठूलो क्षति भएको छ । विर्तामोडमा भएको झडपका क्रममा एक युवकको ज्यान गएको छ भने विभिन्न सरकारी निकाय र निजी घरमा तोडफोड तथा आगजनी भएको छ ।

भदौ २४ गते दिउँसो विर्तामोड इलाका प्रहरी कार्यालय नजिकै प्रहरीको गोली लागी अर्जुनधारा–८ निवासी २८ वर्षीय गोपाल सेढाईको मृत्यु भएको हो । उनी जेनजी आन्दोलनमा सक्रिय सहभागी रहेको प्रहरीले पुष्टि गरेको छ । सो घटनामा घाइते भएका झण्डै एक दर्जन व्यक्तिहरु बिराटनगरस्थित बीएन्डसी अस्पतालमा उपचाररत छन् ।

नगरपालिका भवनहरुमा आगजनी

मेचीनगर नगरपालिका कार्यालयमा दिउँसो सुरु भएको आगो रातिसम्म निभ्न सकेन । आगलागीका कारण लेखा, राजस्व लगायत महत्वपूर्ण शाखाका अभिलेख जलेर नष्ट भएका छन् । नगरपालिकासँगै विभिन्न वडा कार्यालयमा पनि आगजनी भएको छ ।

त्यसैगरी विर्तामोड भद्रपुर, दमक, कनकाई, अर्नुनधारा नगरपालिका भवनहरुमा आगलागी गराएका छन् भने नगरप्रमुखहरूको निजी घरमा पनि आगजनी भएको छ । कनकाई नगरप्रमुख राजेन्द्र पोखरेलको दुर्गापुरस्थित घर जलाइएको छ । यस क्रममा “८० किलो सुन भेटियो” भन्ने भ्रामक समाचार सामाजिक सञ्जालमा फैलिएको छ, तर आधिकारिक स्रोतले यसलाई अफवाह भएको स्पष्ट पारेको छ ।

त्यसैगरी विर्तामोड भद्रपुर, दमक, कनकाई नगरपालिका भवनहरुमा आगलागी गराएका छन् भने नगरप्रमुखहरूको निजी घरमा पनि आगजनी भएको छ । कनकाई नगरप्रमुख राजेन्द्र पोखरेलको दुर्गापुरस्थित घर जलाइएको छ । यस क्रममा “८० किलो सुन भेटियो” भन्ने भ्रामक समाचार सामाजिक सञ्जालमा फैलिएको छ, तर आधिकारिक स्रोतले यसलाई अफवाह भएको स्पष्ट पारेको छ ।

काँकरभिट्टा क्षेत्रमा क्षति

काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा समेत आगो लगाइएको छ । गोदाममा रहेका सामान लुटपाट भएको खबर छ । स्थानीयले बाहिरबाट आएका व्यक्तिहरुको संलग्नता रहेको बताएका छन् ।

स्थानीयवासीको भनाइ

घर–घरमा आगजनी गर्नेहरू प्रायः नचिनिने, मुखमा मास्क लगाएका व्यक्तिहरु भएको गाउँलेहरूले बताएका छन् । उनीहरूले रोक्न खोज्दा समेत आन्दोलनकारीको भीडले मान्न तयार नभएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0