झापा । झापाको मेचीनगर नगरपालिका-७, गैरीगाउँमा धारिलो हतियार प्रहारबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधबारराति करिब ८ बजेको समयमा ५० वर्षीय नारायण ज्ञवालीले आफ्नै घरमा ४० वर्षीय मोहम्मद फौमोदिनलाई चक्कु प्रहार गरी हत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार फौमोदिनको पेट, ढाड र शरीरका विभिन्न भागमा चोट लागेको थियो । घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । श्रीमतीलाई मियासँग रंगेहात फेला पारेपछि हत्या गरेको ज्ञवालीले प्रतिक्रिया दिएका छन् ।
प्रहरीले घटनामा संलग्न ज्ञवाली र उनकी श्रीमती सुजतालाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धान सुरु भइसकेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1













