काठमाडौं । सरकारले सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने निर्णय गरेको छ। मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले कर्मचारीको बैठक भत्ता र दरबन्दी २० प्रतिशत कटौती गर्ने निर्णय गरेको हो।

गोष्ठी–सेमिनार सरकारी हलमै गर्ने, टुक्रे आयोजनामा रकम नलगाई पुनर्निर्माण र मर्मतमा खर्च गर्ने, फर्निचर खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने निर्णय गरिएको छ।

रिक्त पद पूर्ति, चाडपर्वमा आवश्यक आपूर्ति तथा यातायात सहज बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको छ। अनावश्यक संरचना खारेज वा गाभ्ने, प्रवेश पास खारेज गर्ने र आगजनीमा नष्ट भएका कार्यसम्पादन मूल्याङ्कन फाराम पुनः भर्ने प्रक्रिया अघि बढाइने भएको छ।

त्यस्तै आन्दोलनमा चोरी वा लुटिएका सामान प्रहरी वा सम्बन्धित निकायमा फिर्ता बुझाउन सार्वजनिक आह्वान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0