काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति सम्मान प्रकट गर्न सरकारले असोज १ गते (बुधबार) राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को भदौ ३० गते बसेको बैठकले सो दिनलाई देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, भदौ २३ र २४ गतेको आन्दोलनमा प्राण गुमाउने शहीदहरूको स्मृतिमा नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा सार्वजनिक बिदा दिइनेछ। साथै, असोज १ गते राष्ट्रिय झण्डा आधा झुकाएर राष्ट्रिय शोक मनाइने पनि निर्णयमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0