काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नयाँ कार्यकारी निर्देशक पाएको छ। सरकारले मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि उक्त जिम्मेवारी सम्हालिरहेका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ। उनी गत चैत ११ गते मन्त्रिपरिषद्को निर्णयअनुसार तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएपछि सो पदमा आएका थिए।
पाँच महिनापछि ऊर्जा मन्त्री बनेका घिसिङकै पहलमा शाक्यलाई सरुवा गरी प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक रहेका सिलवाललाई कार्यकारी निर्देशकमा ल्याइएको हो।
सिलवाललाई घिसिङको कार्यकालमा उनका निकट सहयोगी मानिने गरिन्थ्यो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1













