काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्रको नाम हटाएकी छन् ।

प्रधानमन्त्री कार्कीले आइतबार मिश्रलाई स्वास्थ्यमन्त्रीमा राखेर पाँच जनाको नाम राष्ट्रपतिको कार्यालय पठाएकी थिइन्।

मिश्र नागरिकता विवाद र अनियमिततामा मुछिएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री कार्कीले उनको नाम काटेकी हुन् । अब चार जना मन्त्रीले मात्रै आज शपथ लिनेछन् ।

आज उद्योगमन्त्री अनिलकुमार सिन्हा, कृषिमन्त्री मदन परियार, सञ्चारमन्त्री जगदीश खरेल र शिक्षामन्त्री महावीर पुनले मात्र शपथ खाने छन् भने स्वास्थ्यमन्त्री पद खाली नै रहने स्रोतले जनाएको छ ।

यसअघि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मिश्रलाई स्वास्थ्य सचिवको समेत जिम्मेवारी दिन चाहेका थिएनन् । त्यसकारण उनी स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव पदमा रहेर जिम्मेवारीविहीन थिइन् ।

मन्त्री बन्ने भएपछि मिश्रले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् । योसँगै मन्त्रिपरिषद् हाल ८ सदस्यीय मात्रै हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0