काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तारसँगै चार नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शितल निवासमा आयोजित विशेष समारोहमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, वरिष्ठ पत्रकार जगदिश खरेल र विज्ञ मदन परियारलाई शपथ ग्रहण गराए।

पोर्टफोलियोअनुसार सिन्हाले उद्योग, कानुन र भूमि व्यवस्था मन्त्रालय पाएका छन् भने पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। त्यस्तै, खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र परियारलाई कृषि मन्त्रालय दिइएको छ।

स्वास्थ्य क्षेत्रमा लामो अनुभव भएकी अतिरिक्त सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस भएको थियो। तर अन्तिम समयमा आएर उनको मनोनयन रोकिएको स्रोतले जनाएको छ।

यसअघि, भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आफ्नो मन्त्रिपरिषद् आठ सदस्यीय बनाएकी छन्। शपथ ग्रहण समारोहमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री कार्की लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0